वीर अस्पतालका निर्देशक डा. दिलिप शर्माको राजीनामा

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख २४
|
51 views

ललितपुर - वीर अस्पताल का निर्देशक डा. दिलिप शर्माले पदबाट राजीनामा दिएका छन् । करीब तीन वर्ष कार्यकाल बाँकी रहँदै उनले निर्देशक पदबाट राजीनामा दिएका हुन् । उनी तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा निर्देशक नियुक्त भएका थिए ।

वीर अस्पतालकै वरिष्ठ चिकित्सक रहेका डा. शर्मा ओलीको मिर्गौला प्रत्यारोपण टोलीमा समेत संलग्न थिए । राजीनामाबारे प्रतिक्रिया दिँदै डा. शर्माले नयाँ सरकारलाई काम गर्न सहज होस् भन्ने उद्देश्यले आफूले पद छाडेको बताएका छन् ।

      सरकारले हालै ल्याएको अध्यादेशबाट पदमुक्त हुने सूचीमा उनको पद समावेश नभए पनि उनले स्वेच्छाले राजीनामा दिएको जनाइएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube