सेबोन अध्यक्ष सिफारिस समितिका संयोजक गुणाकर भट्टको राजीनामा

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख २४
|
306 views

ललितपुर - नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका लागि गठन गरिएको सिफारिस समितिका संयोजक गुणाकर भट्टले राजीनामा दिएका छन् ।

सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भट्टको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो। समितिमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र विज्ञ सदस्य भुवनकुमार दाहाल सदस्यका रूपमा रहेका छन् ।

      सेबोनको अध्यक्ष पदका लागि ४७ जनाको आवेदन परेको छ। तीमध्ये भट्टका एक नातेदारको पनि आवेदन परेपछि स्वार्थ बाझिने अवस्था सिर्जना हुन सक्ने भन्दै उनले समितिबाट राजीनामा दिएको स्रोतले जनाएको छ ।

      भट्टको राजीनामासँगै सेबोनको अध्यक्ष नियुक्ति प्रक्रिया केही समयका लागि प्रभावित हुने भएको छ । अब सरकारले नयाँ संयोजक नियुक्त गरेपछि मात्रै अध्यक्ष चयन प्रक्रिया अघि बढ्ने जनाइएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube