पोखरा विमानस्थल प्रकरणमा पूर्वअर्थमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख २४
|
153 views

ललितपुर - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थल निर्माण प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले तत्कालीन अर्थमन्त्री कार्की, सचिवसहित १४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । आयोगका अनुसार ठेक्का सम्झौतामा भएको व्यवस्थाविपरीत ठेकेदार कम्पनीलाई राजस्व छुट दिई राज्यलाई नोक्सानी पुर्‍याइएको आरोपमा मुद्दा दायर गरिएको हो ।

      यस प्रकरणमा पूर्वसचिवहरू शंकर अधिकारी, केबल भण्डारी र सुरेश आचार्यलाई समेत विपक्षी बनाइएको छ ।

      अख्तियारले पूर्वमन्त्री कार्कीसहित चार पूर्वसचिवबाट कुल ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो दाबी गरेको जनाएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube