तीन सरकारी बैंकका अध्यक्षको राजीनामा

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख २४
|
969 views

ललितपुर - सरकारी स्वामित्वका तीन वटै बैंकका अध्यक्षहरूले पदबाट राजीनामा दिएका छन् । अर्थ मन्त्रालय स्रोतका अनुसार राष्ट्रिय वाणिज्य बैंक का अध्यक्ष देवकुमार ढकाल, कृषि विकास बैंक का अध्यक्ष डिमप्रसाद पौडेल तथा नेपाल बैंक का अध्यक्ष डिल्लीराज शर्माले बुधबार राजीनामा बुझाएका हुन् ।

उनीहरूले अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा राजीनामा पेश गरेको जनाइएको छ ।

      नयाँ सरकारले अघिल्लो सरकारको पालामा राजनीतिक नियुक्ति पाएका १५९४ जनालाई अध्यादेशमार्फत पदमुक्त गरेको थियो। तर, सरकारी बैंकका पदाधिकारीहरू उक्त अध्यादेशको दायरामा परेका थिएनन् ।

      यद्यपि सरकारले मार्ग प्रशस्त गर्न आग्रह गरेपछि उनीहरूले स्वेच्छिक रूपमा राजीनामा दिएको स्रोतले जनाएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube