‘क्रलिङ क्रोज : “आँखा”ले अमेरिकामा दुई अन्तर्राष्ट्रिय अवार्ड जित्यो

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख २५
|
102 views

ललितपुर - नेपाली चलचित्र ‘क्रलिङ क्रोज : आँखा’ले अमेरिकामा आयोजित वर्ल्डफेस्ट–ह्युस्टन इन्टरनेसनल फिल्म फेस्टिभलमा दुई प्रतिष्ठित अवार्ड जितेको छ ।

जौन योञ्जनद्वारा निर्देशित चलचित्रले ‘विदेशी फिचर’ विधामा उत्कृष्ट हुँदै ‘प्लेटिनम रेमी अवार्ड’ प्राप्त गरेको हो । साथै, निर्देशन–क्राफ्ट विधामा ‘गोल्ड अवार्ड’ समेत जित्न सफल भएको छ ।

    विश्वभरका चलचित्र निर्माता र सिर्जनाहरूलाई सहभागी गराउने उक्त महोत्सव अमेरिकाको टेक्सासस्थित ह्युस्टनमा आयोजना गरिएको थियो ।

      निर्देशक योञ्जनले यो उपलब्धिले नेपाली कथाहरूले अन्तर्राष्ट्रिय दर्शकमाझ पनि प्रभाव पार्न सक्ने पुष्टि गरेको बताएका छन् ।

      चलचित्रमा सुकुम्वासी बस्तीमा जीवनयापन गरिरहेका सर्वसाधारणको संघर्ष, पीडा र यथार्थलाई चित्रण गरिएको छ ।

      फिल्ममा स्मिता लामिछाने, पशुपति राई, निशा अधिकारी, आरके मेहता, विजय बराल र बुद्धि तामाङलगायत कलाकारहरूको अभिनय रहेको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube