प्रधानन्यायाधीश सिफारिसमा हर्क साम्पाङको आपत्ति

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख २५
|
51 views

ललितपुर - श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानन्यायाधीश नियुक्ति सिफारिसमा उपसभामुख रुवीकुमारीले हस्ताक्षर गरेकोप्रति आपत्ति जनाएका छन् ।

सरकारले विधि र पद्धति मिचेर नियुक्ति प्रक्रिया अघि बढाएको आरोप लगाउँदै साम्पाङले पार्टीबाटै गएकी उपसभामुखले समेत उक्त निर्णयमा समर्थन जनाएकोप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

      उनले चौथो वरीयतामा रहेका व्यक्तिलाई प्रधानन्यायाधीशका लागि सिफारिस गर्नु सरकारको ठूलो गल्ती भएको दाबी गरेका छन् ।

      साम्पाङद्वारा जारी विज्ञप्तिमा भनिएको छ, नियुक्तिसम्बन्धी बैठकमा एमसीसी र एसपीपी जस्ता विषयको प्रसंग ल्याएर दबाब र प्रभाव सिर्जना गरिएको अवस्थामा हाम्रै पार्टीबाट जानु भएको उपसभामुखले समेत वरीयताको क्रम उल्लंघन गरेर गरिएको निर्णयमा हस्ताक्षर गर्नु खेदपूर्ण छ । यसरी विधिलाई मिचेर राजनीतिलाई अघि सार्ने चलनको श्रम संस्कृति पार्टी विरोध गर्दछ ।

      सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मालाई सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णयमा राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल र नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले असहमति जनाएको बताइएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube