|
|
२०८३ बैशाख २५
204 views

ललितपुर - सरकारले विदेशस्थित १५ जना नेपाली अवैतानिक वाणिज्यदूत तथा ‘कन्सल’लाई पदमुक्त गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आजको बैठकपछि सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले उक्त जानकारी दिएका हुन् ।
बैठकले आगामी वैशाख २८ गते सोमबार अपराह्न ४ बजे बस्ने संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णयसमेत गरेको छ ।
त्यसैगरी, बैठकले अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को बाध्यकारी श्रम महासन्धि १९३० सम्बन्धी २०१४ को प्रोटोकल नं. २९ अनुमोदनका लागि संघीय संसद्समक्ष पेस गर्ने निर्णय गरेको छ ।
यसैगरी, श्रम निरीक्षणसम्बन्धी ILO महासन्धि (१९४७, नं. ८१) पनि अनुमोदनका लागि संसद्समक्ष पेस गर्ने निर्णय गरिएको छ ।

बिजनेस पाटी














