चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको होः शिक्षामन्त्री

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख २५
|
306 views

ललितपुर - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले सरकारद्वारा विद्यार्थी सङ्गठन खारेज गर्ने निर्णयलाई चुनावी वाचापत्रअनुसारको कदम भएको बताएका छन् ।

सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफ्नो वाचापत्र निर्वाचनका समयमा व्यापक छलफल भई जनताबाट अनुमोदन भएको दाबी गर्दै विद्यार्थी सङ्गठन नराख्ने विषयमा अब थप बहस आवश्यक नरहेको स्पष्ट पारे ।

      यसैबीच, विद्यालयहरूले तोकिएको मापदण्डभन्दा बढी भर्ना तथा वार्षिक शुल्क लिएको गुनासोबारे पनि उनले प्रतिक्रिया दिएका छन् । उनले नगरपालिका सङ्घ, गाउँपालिका महासङ्घ र उपत्यका मेयर्स फोरमसँग छलफल भएको जानकारी दिँदै यो विषय स्थानीय तहको मुख्य जिम्मेवारी भएको बताए ।

      मन्त्री पोखरेलले मापदण्ड कार्यान्वयनका लागि संघीय सरकारले आवश्यक सहयोग गर्न तयार रहेको तर नियमन गर्ने निकायले आफ्नो दायित्व प्रभावकारी रूपमा पूरा गर्नुपर्नेमा जोड दिए ।

       पात्रो/राशिफल  रेडियो YouTube