पशुपतिनाथ परिसर नजिक ३ ग्रिनेड फेला

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख २७
|
102 views

ललितपुर - काठमाडौंस्थित पशुपतिनाथ मन्दिर परिसरअन्तर्गत राम मन्दिर नजिकको जंगल क्षेत्रमा ३ वटा ग्रिनेड फेला परेका छन् ।

स्थानीयले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

      अवैध घरटहरा हटाइएको क्षेत्रभन्दा केही माथि जंगलमा उक्त सामग्री भेटिएको जिल्ला प्रहरी परिसरका डीएसपी कौशल बुढाथोकीले जानकारी दिएका छन् । प्रहरीका अनुसार फेला परेका तीनवटै ग्रिनेड पुराना रहेको प्रारम्भिक अनुमान गरिएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube