सुन तोलामा एक हजार घट्यो, चाँदीको मूल्य बढ्यो

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख २७
|
510 views

ललितपुर - नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव देखिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेर २ लाख ९८ हजार ९०० रुपैयाँ कायम भएको छ ।

      त्यस्तै, चाँदीको मूल्य भने प्रतितोला २५ रुपैयाँले बढेर ५ हजार ३०० रुपैयाँ पुगेको छ ।

      गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९९ हजार ९०० रुपैयाँ र चाँदी ५ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो ।

      अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार ७१५ अमेरिकी डलर तथा चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

       पात्रो/राशिफल  रेडियो YouTube