|
|
२०८३ बैशाख २७
561 views

ललितपुर - राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ ।
आइतबार (वैशाख २७) दिनको ११ः५५ बजे दार्चुलाको तपोवन आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको हो ।
यसअघि वैशाख २४ गते धादिङको चराङ फेदी आसपास केन्द्रविन्दु भएर पनि ४.१ म्याग्निच्युडकै भूकम्प गएको थियो ।

बिजनेस पाटी














