|
|
२०८३ बैशाख २७
357 views

ललितपुर - पोखरामा ग्याङ फाइट भएको घटनामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पोखराका विभिन्न स्थानमा बसोबास गर्ने सुजन आले मगर (२७), राजेश परियार (२३), गोरखा घर भई पोखरामा बस्ने दिलेराम गुरुङ (३०), नुवाकोटका सुजन तामाङ (१८), राजकुमार तामाङ (२५) र लिजा पुन (२०) रहेका छन् ।
घटना २२ वैशाख राति करिब साढे ९ बजे बाग्लुङ बसपार्क क्षेत्रमा भएको प्रहरीले जनाएको छ। झडपको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले खोजी गरी उनीहरूलाई पक्राउ गरेको हो ।
कास्कीका डीएसपी हरि बस्नेतका अनुसार झडपको मुख्य कारण लागुऔषधसँग सम्बन्धित विवाद रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

बिजनेस पाटी















