
ललितपुर - रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूलाई सार्वजनिक अभिव्यक्तिमा सचेत हुन निर्देशन दिएका छन् । आइतबार आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै उनले अन्तर्वार्ता दिन, सामाजिक सञ्जालमा लेख्न तथा सार्वजनिक धारणा व्यक्त गर्दा विवाद निम्तिन सक्ने विषयमा विशेष ध्यान दिन आग्रह गरे ।
उनले पार्टीको आधिकारिक लाइनभन्दा बाहिर नजान र कुनै समूह वा गुटमा विश्वास नगर्न सांसदहरूलाई सचेत गराए । लामिछानेले “बालेन कि रवि” भन्ने बहसमा लाग्दा केही सांसदले मन्त्री बन्ने अवसर गुमाएको दाबी पनि गरे । प्रधानमन्त्री बालेन्द्र शाह र आफूबीच राम्रो समझदारी रहेको उल्लेख गर्दै उनले आफूहरूबीच फुटको सम्भावना नरहेको बताए ।
हामी राजनीतिक रूपमा परिपक्व भइसकेका छौँ भन्दै उनले आफूहरू बीच विभाजन खोज्ने प्रयास सफल नहुने टिप्पणी गरे ।यस्तै, पार्टीभित्र यताको–उताको भन्दै विभाजनकारी गतिविधिमा लागे आगामी निर्वाचनमा टिकटसमेत नपाइने चेतावनी उनले दिएका छन् ।

बिजनेस पाटी















