२५ लाख पुरस्कार राशि रहेको  गायन रियालिटी शो ‘गाउँछ गीत’ जेठबाट प्रसारणमा आउने 

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख २७
|
1.1k views

ललितपुर - ललितपुर ।  २५ लाख पुरस्कार राशि रहेको  गायन रियालिटी शो ‘गाउँछ गीत’को  पहिलो सिजन जेठ महिना बाट प्रसारणमा आउने भएको छ । 

प्रतिभाको खोजी, मौलिकताको सम्मान: गाउँछ गीतको साङ्गीतिक अभियान नारा सहित आयोजना गरिएको प्रतियोगिता अहिले डिजिटल अडिसन बाट फिजिकल राउण्डमा प्रवेश गरेको छ । जसमा डिजिटल अडिसन बाट छानिएका प्रतियोगीहरूले फिजिकल राउण्डमा आफ्नो प्रस्तुति निर्णायक सामु राखी रहेका छन् । 

    पेप्सीकोलामा रहेको गाउँछ गीतको छायाङ्कन स्टुडियोमा शनिवार र आइतबार गरी डिजिटल अडिसनमा देशै भरबाट छानिएका प्रतियोगीहरूले आफ्नो गायन प्रस्तुति राखेका हुन् । यो चरण पार गर्न सकेका करिब ५० प्रतियोगीले मेघा राउण्डमा प्रवेश पाउने छन् । 

      प्राइम टेलिभिजनबाट शनिवार र आइतबार राती ९ बजे प्रसारण हुने यो प्रतियोगिता नेपाली सङ्गीत क्षेत्रमा एक कोशे ढुङ्गा साबित हुने विश्वास लिएको शोका निर्देशक हरि शर्माले बताएका छन् । 

      प्रतियोगिताको निर्णायकहरूमा शास्त्रीय तथा सुगम सङ्गीतको वरिष्ठ गायिका संगीतज्ञ  सङ्गीता राना प्रधान, सङ्गीत मै विद्यावारिधि गर्दै गरेका सफल गायक तथा सङ्गीतकार थानेश्वर गौतम , आधुनिक देखि पार्श्व गायनमा लोकप्रियता कमाएकी गायिका सहिमा श्रेष्ठ र लोक तथा दोहोरी गीतमा ख्याति कमाएका गायक अमृत खाती रहेका छन् । होस्टकारुपमा स्टान्डअप कमेडियन सीता न्यौपाने र कोष खड्कारहेका छन् ।

      रोजी शर्माको परिकल्पनामा एच एस साइना कृयसनको निर्माणमा भएको  प्रतियोगिताको मेघा राउण्डमा प्रवेश गरेका प्रतियोगीहरूलाई समूह विभाजन गरी कम्तीमा ४ जना गीत सङ्गीतका ख्याति प्राप्त कोच मार्फत उनीहरूको प्रतिभा निखार्ने व्यवस्था गरिएको पनि शो का निर्देशक शर्माले जानकारी दिएका छन् । बिजनेसपाटी मिडिया प्रालि मिडिया पार्टनर रहेको यस प्रतियोगिताको युट्युब पार्टनर साइराम पिक्चर्स रहेको छ । 

      सहभागी कलाकारहरूलाई राष्ट्रिय स्तरमा पहिचान दिलाई व्यावसायिक साङ्गीतिक यात्राका लागि अवसर प्रदान गरिने र फाइनल चरण देश बाहिर गर्ने गरी तयारी भइरहेको आयोजकले जनाएको छ । 

       पात्रो/राशिफल  रेडियो YouTube