
ललितपुर - राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा केहीबेरपछि सार्वजनिक गर्ने भएको छ । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार विद्यार्थीहरूले राति ९ बजेदेखि नतिजा हेर्न सक्नेछन् ।
नतिजा सार्वजनिक गर्ने निर्णय बोर्डले यसअघि नै गरिसकेको थियो। अहिले बोर्ड कार्यालय बाहिर विद्यार्थी तथा अभिभावकहरूको भिड लागेको छ । यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो । परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएकाले नतिजा छिटो सार्वजनिक गर्न सम्भव भएको बोर्डले जनाएको छ ।
यसपटक एसईई परीक्षाका लागि कुल ५ लाख १२ हजार ४२१ विद्यार्थीले फारम भरेका थिए। नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ विद्यार्थी सहभागी भएका थिए । परीक्षार्थीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना रहेका छन् ।
यसरी हेर्न सकिन्छ नतिजा :
SMS/IVR सेवा
– नेपाल टेलिकम : 1600
– जानकी टेक्नोलोजी : 35001
– एम्बिसन गुरु : 31061
वेबसाइटमार्फत
– SEE Official Website
– NEB Official Website
– SEE NTC Portal
– eKantipur
– EduSanjal SEE Result
– Khalti App

बिजनेस पाटी
















