|
|
२०८३ बैशाख २८
51 views

ललितपुर - राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सोमबार साँझ सार्वजनिक गरेको छ । बोर्डका अनुसार यस वर्ष कुल ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । सार्वजनिक नतिजाअनुसार सबैभन्दा धेरै विद्यार्थी जीपीए २.८० देखि ३.२० समूहमा रहेका छन् ।
नतिजाअनुसार जीपीए ३.६ देखि ४ सम्म ४८ हजार ३९२ जना विद्यार्थी रहेका छन् भने जीपीए ३.२ देखि ३.६ सम्म ८० हजार ३७२ जना विद्यार्थी ग्रेडेड भएका छन् ।
त्यस्तै, जीपीए २.८० देखि ३.२० सम्म ९४ हजार २२२ जना विद्यार्थी रहेका छन् । जीपीए २.४० देखि २.८० सम्म ५५ हजार ९७७ जना विद्यार्थी वर्गीकृत भएका छन् ।
यसैगरी, जीपीए २.० देखि २.४० सम्म पाँच हजार १९० जना तथा जीपीए १.६ देखि २.० सम्म सातजना विद्यार्थी ग्रेडेड भएका बोर्डले जनाएको छ ।

बिजनेस पाटी















