
ललितपुर - सन्दीप लामिछाने को उत्कृष्ट बलिङसँगै विश्वकप लिग–२ अन्तर्गत जारी खेलमा स्कटल्यान्डले आक्रामक सुरुआतपछि लगातार तीन विकेट गुमाएको छ ।
स्कटल्यान्डका ओपनर जर्ज मुन्से र फिनले म्याकक्रेथ ले पहिलो विकेटका लागि १०८ रनको साझेदारी गर्दै टोलीलाई मजबुत सुरुआत दिलाएका थिए । मुन्सेले नेपाली बलरमाथि दबाब बनाउँदै आक्रामक ब्याटिङ गरेका थिए ।
तर २०.३ ओभरमा सन्दीपले मुन्सेलाई आउट गर्दै नेपाललाई महत्वपूर्ण सफलता दिलाए । सन्दीपको बलमा दीपेन्द्रसिंह ऐरी ले क्याच लिएका हुन् । मुन्सेले ६२ बलमा १२ चौका र २ छक्कासहित ७५ रन बनाए ।
सोही ओभरको अन्तिम बलमा सन्दीपले म्याकक्रेथलाई एलबीडब्लु आउट गरे । उनले ६२ बलमा ३५ रन जोडे । त्यसपछि अर्को ओभरमै सन्दीपले ब्रान्डेन म्याकमिलन लाई बोल्ड गर्दै नेपाललाई खेलमा बलियो पुनरागमन गराए ।
आजको खेलमा स्कटल्यान्डले टस जितेर पहिले ब्याटिङ रोजेको थियो ।

बिजनेस पाटी













