श्रममन्त्री यादवका चालक आलम पक्राउ

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख २९
|
204 views

ललितपुर - रामजी यादव का चालक मुस्तकिम आलम अपहरण, शरीर बन्धक तथा अमानवीय व्यवहारसम्बन्धी कसुरमा पक्राउ परेका छन् ।

महादेवा गाउँपालिका–१ स्थायी घर भई हाल राजविराज नगरपालिका–३ मा बस्दै आएका आलमलाई सोमबार राजविराजबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरी ले जनाएको छ । उनी मन्त्री यादवको सचिवालयमा हलुका सवारी चालकका रूपमा कार्यरत रहेका छन् ।

      पीडितको जाहेरीअनुसार मुस्तकिम आलमसहितका व्यक्तिहरूले उनलाई जबर्जस्ती अपहरण गरी एकान्त स्थानमा लगेका थिए । त्यसपछि शरीर बन्धक बनाएर निर्घात कुटपिट गर्नुका साथै नग्न बनाएर भिडियोसमेत खिचिएको आरोप लगाइएको छ ।

      डम्बरबहादुर पुरी ले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान अघि बढाइएको बताएका छन् । प्रहरीका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरू फरार रहेकाले खोजी तीव्र पारिएको छ ।

      प्रहरीले आलमलाई सप्तरी जिल्ला अदालतबाट सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्यादसमेत लिइसकेको जनाएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube