
ललितपुर - राष्ट्रपति रामचन्द्र पौडेल र प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालबीच सोमबार शीतलनिवासमा भेटवार्ता भएको छ ।
राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाह संसदबाट बाहिरिएपछि उत्पन्न राजनीतिक चर्चाका बीच सभामुख अर्यालसँग भेट गरेका हुन् ।
भेटका क्रममा छलफलका विषयवस्तु सार्वजनिक गरिएको छैन। तर पछिल्ला राजनीतिक घटनाक्रम र संसद् सञ्चालनसँग सम्बन्धित संवेदनशील परिस्थितिबारे सामान्य संवाद भएको अनुमान गरिएको छ ।
सभामुख अर्याल हालै निर्विरोध रूपमा निर्वाचित भएर संसद् सञ्चालनको जिम्मेवारी सम्हालिरहेका छन् । उनले प्रधानमन्त्रीको अनुपस्थितिबाट उत्पन्न परिस्थितिलाई लिएर राजनीतिक वृत्तमा भइरहेको चर्चा बीच राष्ट्रपति भेट गरेका हुन् ।
यस भेटपछि पनि दुवै पक्षले कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक गरेका छैनन् ।

बिजनेस पाटी














