संसदमा प्रधानमन्त्रीको व्यवहारबारे कांग्रेसको आपत्ति, जवाफ माग

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख २९
|
153 views

ललितपुर - राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाह बीचैमा संसद् कक्षबाट बाहिरिएपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले औपचारिक आपत्ति जनाएको छ ।

कांग्रेसले प्रधानमन्त्रीको यस्तो व्यवहार संसदीय मर्यादा विपरीत भएको भन्दै सरकारसँग स्पष्टिकरण माग गरेको हो ।

      कांग्रेस प्रमुख सचेतक बासना थापाले संसदमा बोल्दै प्रधानमन्त्रीको बाहिरिने घटना सामान्य नभएको बताइन् । उनले भनिन् हिजो बिरलै देखिने दृश्य देख्यौँ । प्रधानमन्त्री बाहिरिनु सामान्य विषय होइन। सरकारबाट स्पष्ट जवाफ दिइयोस्। पदभन्दा ठूलो मर्यादा र मर्यादाभन्दा ठूलो जनविश्वास हो ।

      कांग्रेसले प्रधानमन्त्रीको अनुपस्थितिले नीति तथा कार्यक्रम प्रस्तुतिको गरिमा प्रभावित भएको दाबी गर्दै औपचारिक रूपमा जवाफ दिन सरकारलाई आग्रह गरेको छ ।

      यस विषयले संसद् भित्र र बाहिर राजनीतिक बहस चर्किएको छ भने सत्ता र प्रतिपक्षबीचको असहजता पनि थप बढेको देखिन्छ ।

       पात्रो/राशिफल  रेडियो YouTube