प्रधानमन्त्रीको व्यवहारबारे कांग्रेस नेता आङ्देम्बेको कडा टिप्पणी, स्वास्थ्य परीक्षणको माग

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख २९
|
51 views

ललितपुर - नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन्द्र शाह को संसद्मा देखिएको व्यवहारप्रति कडा आलोचना गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्री बीचैमा उठेर हिँडेको घटनालाई व्यङ्ग्यात्मक रूपमा टिप्पणी गरे ।

    उनले भने, “आफ्नै सरकारको नीति कार्यक्रम संसद्मा प्रस्तुत भइरहँदा संसारको कुन देशको प्रधानमन्त्री बीचैमा उठेर हिँडेको छ? अब गिनिज बुकमा हाम्रो देशको प्रधानमन्त्रीको नाम लेखिने भयो। यस्तो रेकर्ड राख्न लागेकोमा बधाई दिऊँ कि दुःख व्यक्त गरौँ ?

    यद्यपि उनले प्रधानमन्त्रीको व्यवहारलाई सीधै अमर्यादित भन्नु भन्दा पनि त्यसको पछाडि स्वास्थ्य समस्या हुन सक्ने सम्भावना पनि औँल्याए ।

      सामाजिक सञ्जालमा भनिएजस्तो अमर्यादित व्यवहार हो भनेर म सोझै भन्न चाहन्न। अचानक स्वास्थ्य समस्या भएको हुन सक्छ,” उनले भने ।

      उनले सरकारसँग प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे स्पष्ट जानकारी दिन माग गर्दै भने, यदि उहाँको स्वास्थ्यमा कुनै प्रतिकूल अवस्था आएको हो भने अविलम्ब स्वास्थ्य परीक्षण गरेर संसद्लाई जानकारी गराइयोस् ।

      आङ्देम्बेले प्रधानमन्त्रीको व्यवहारले जनताको मन दुखेको, संसद्को गरिमा प्रभावित भएको र देशको छवि कमजोर भएको अनुभूति भएको पनि बताए ।

      साथै उनले बजेट अधिवेशन, पूर्वबजेट छलफल र संविधान संशोधन प्रक्रियाबारे पनि सरकारको शैलीप्रति असन्तुष्टि जनाउँदै संविधान सुधारका लागि सर्वपक्षीय आयोग गठन गर्नुपर्ने सुझाव दिएका छन् ।

       पात्रो/राशिफल  रेडियो YouTube