|
|
२०८३ बैशाख २९
51 views

ललितपुर - कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जारी नेपाल र स्कटल्याण्डबीचको खेल वर्षाका कारण केहीबेर प्रभावित भएको छ ।
वर्षाले खेल रोकिएपछि डकवर्थ–लुईस–स्टर्न (DLS) नियमअनुसार ओभर घटाएर नयाँ लक्ष्य निर्धारण गरिएको हो। अब नेपालले जितका लागि २२१ रन बनाउनु पर्ने भएको छ ।
यसअघि स्कटल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २४३ रन बनाएको थियो। तर वर्षाका कारण ओभर घटाइएपछि लक्ष्य पुनः समायोजन गरिएको हो ।
खेलमा हाल परिस्थिति रोमाञ्चक बनेको छ र नेपालले संशोधित लक्ष्य पछ्याउँदै ब्याटिङ सुरु गर्ने तयारी गरेको छ ।

बिजनेस पाटी