|
|
२०८३ बैशाख ३०
153 views

ललितपुर - प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित नभएपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ बैठक छाडेर बाहिरिएका छन् ।
नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले स्वयं नदिएको भन्दै असन्तुष्टि जनाउँदै साम्पाङ बैठकबाट बाहिरिएका हुन् ।
बैठकका क्रममा उनले प्रधानमन्त्रीको राजीनामासमेत माग गरेका थिए। संसद्मा उभिएर उनले “असक्षम प्रधानमन्त्री राजीनामा दे” भन्दै नाराबाजी गरेका थिए ।
केहीबेर विरोध जनाएपछि साम्पाङ झोला बोकेर बैठक कक्षबाट बाहिरिएको दृश्य संसद्मा देखिएको थियो ।
हाल संसद्मा विपक्षी दलहरूले प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर निरन्तर विरोध जनाइरहेका छन् ।

बिजनेस पाटी











