१५० विकेटको ऐतिहासिक कीर्तिमाननजिक सन्दीप, स्टार्कको रेकर्ड तोड्ने अवसर

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख ३०
|
51 views

ललितपुर - नेपालका स्टार लेग स्पिनर Sandeep Lamichhane एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा अर्को ऐतिहासिक उपलब्धिनजिक पुगेका छन् ।

अब आगामी पाँच खेलभित्र तीन विकेट लिन सके सन्दीपले सबैभन्दा कम खेलमा १५० विकेट पूरा गर्ने विश्व कीर्तिमान बनाउनेछन् । हाल यो कीर्तिमान अस्ट्रेलियाका तीव्र गतिका बलर Mitchell Starc को नाममा रहेको छ । स्टार्कले ७७ खेलमा १५० विकेट पूरा गरेका थिए ।

      सन् २०१८ मा ओडीआई क्रिकेटमा डेब्यु गरेका सन्दीपले छोटो समयमै विश्व क्रिकेटमा प्रभावशाली प्रदर्शन गर्दै आएका छन् । उनले सन् २०२३ मा ओमानविरुद्ध १०० विकेट पूरा गरेका थिए ।

      त्यसक्रममा सन्दीपले केवल ४२ खेलमै १०० विकेट पूरा गर्दै अफगानिस्तानका Rashid Khan को ४४ खेलको कीर्तिमान तोडेका थिए ।

      हालसम्म ७१ ओडीआई खेल खेलेका सन्दीपले १४७ विकेट लिइसकेका छन् । अब थप तीन विकेट लिनासाथ उनी ओडीआई क्रिकेटमा १५० विकेट पूरा गर्ने पहिलो एसोसिएट राष्ट्रका खेलाडी बन्नेछन् ।

       पात्रो/राशिफल  रेडियो YouTube