प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारी नियुक्त

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख ३०
|
357 views

ललितपुर - संघीय संसद्, प्रतिनिधिसभाको सचिव पदमा प्रकाश अधिकारी नियुक्त भएका छन्।

सभामुख डोलप्रसाद अर्यालको सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई नियुक्त गरेका हुन् ।

    संखुवासभाका अधिकारीले त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकासमा स्नातकोत्तर तथा दक्षिण कोरियाको क्युङ हि युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय व्यापार तथा आर्थिक साझेदारीमा स्नातकोत्तर गरेका छन् ।

      उनसँग निजामती सेवामा २४ वर्षको अनुभव रहेको छ। उनी उपसचिव पदबाट सेवानिवृत्त कर्मचारी हुन् ।

      यसअघि सचिव रहेका हर्कराज राई मंगलबार पदमुक्त भएका थिए ।

      संविधानअनुसार सभामुखको सिफारिसमा प्रतिनिधिसभाको सचिव राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था रहेको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube