नेप्से ४.१५ अंक घट्यो, कारोबार रकममा करिब ४० प्रतिशत गिरावट

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख ३०
|
153 views

ललितपुर - बुधबार सेयर बजारको परिसूचक नेप्से ४.१५ अंक घटेर २७४० अंकमा अडिएको छ । बजारमा कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा करिब ४० प्रतिशतले घटेको छ ।

अघिल्लो दिन ४ अर्ब ६६ करोडको कारोबार भएकोमा आज जम्मा २ अर्ब ८० करोडको मात्र कारोबार भएको हो । यो रकम गत फागुन २५ यताकै न्यून रहेको बताइएको छ । सो दिन सर्किट ब्रेक लागेर कारोबार पूरा हुन सकेको थिएन ।

      आजको बजारमा ८२ कम्पनीको मूल्य बढेको छ भने १७६ कम्पनीको मूल्य घटेको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube