|
|
२०८३ बैशाख ३१
153 views

ललितपुर - गणेश पराजुलीले संसद्मा बोलेका केही असंसदीय शब्द अभिलेखबाट हटाइएको छ ।
सभामुखले संसद् नियमावलीको नियम २१ को खण्ड ‘घ’ उल्लेख गर्दै पराजुलीले प्रयोग गरेका शब्द रेकर्डबाट हटाउन संसद् सचिवालयलाई निर्देशन दिएका हुन् ।
पराजुलीले संसद् बैठकका क्रममा प्रयोग गरेका “भरौटे” तथा “यहाँ लुगा लगाएर पनि नाङ्गै हिँडेजस्तो” भन्ने अभिव्यक्ति असंसदीय मानिएको भन्दै अभिलेखबाट हटाइएको हो ।
संसद्मा मर्यादा र शिष्ट भाषा प्रयोग गर्नुपर्ने व्यवस्था अनुसार सभामुखले उक्त निर्देशन दिएको जनाइएको छ ।

बिजनेस पाटी















