|
|
२०८३ जेष्ठ १
153 views

ललितपुर - राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वमाथि लगाएको निलम्बन फुकुवा गरेको छ ।
एन्फा महासचिवसहित पदाधिकारीहरूले शुक्रबार शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग भेटवार्ता गरेपछि निलम्बन फुकुवा गर्ने सहमति भएको हो ।
यसअघि राखेपले पटक–पटक दिएको निर्देशन पालना नगरेको भन्दै गत ११ चैतमा खेलकुद विकास ऐन २०७७ को दफा २९ (२) अनुसार एन्फा नेतृत्वलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।

बिजनेस पाटी












