ललितपुर - नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको पछिल्लो विवरणअनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ४ हजार ५ सय रुपैयाँले घटेको हो ।
मूल्य घटेसँगै आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार रुपैयाँ निर्धारण गरिएको छ । यसअघि गत शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँ रहेको थियो ।
त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५२ हजार ६० रुपैयाँ कायम भएको छ, जुन अघिल्लो कारोबारको तुलनामा ३ हजार ८ सय ५५ रुपैयाँले कम हो ।
सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट देखिएको महासंघले जनाएको छ । आज चाँदीको मूल्य प्रतितोला ३ सय ३० रुपैयाँले घटेर ५ हजार ६० रुपैयाँमा झरेको छ। यसअघि शुक्रबार चाँदी प्रतितोला ५ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज १० ग्राम चाँदीको मूल्य ४ हजार ३ सय ३८ रुपैयाँ तोकिएको छ । अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा महासंघले नेपाली बजारमा दैनिक मूल्य निर्धारण गर्दै आएको छ।

बिजनेस पाटी












