कांग्रेस सांसद केसीको प्रश्न: प्रधानमन्त्री संसद्को अंग हो कि होइन ?

BusinessPati बिजनेस पाटी
|
२०८३ जेष्ठ ७
|
204 views

ललितपुर - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) प्रति कडा टिप्पणी गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले प्रधानमन्त्री संसद्को अभिन्न अंगजस्तो अनुभूति नभएको बताएका हुन् ।

केसीले प्रधानमन्त्री शाह मुलुकको प्रधानमन्त्रीभन्दा पनि “कुनै टापुको सम्राट” जस्तो देखिएको टिप्पणी गर्दै संसद्प्रति जिम्मेवार हुनुपर्ने बताए । उनले प्रधानमन्त्री संसद्को अंग हो कि होइन भन्ने प्रश्नसमेत उठाए ।

      विपद् व्यवस्थापनजस्तो गम्भीर विषयमा सरकार संवेदनशील हुनुपर्ने बेला गृहमन्त्रीको समेत कार्यभार सम्हालिरहेका प्रधानमन्त्री संसद्मा उपस्थित नभएको भन्दै केसीले आपत्ति जनाए ।

      उनले भने, “सम्माननीय प्रधानमन्त्री नै अहिले गृहमन्त्री हुनुहुन्छ । विपद्को विषय गृह मन्त्रालयले गम्भीरतापूर्वक लिने विषय हो । उहाँ स्वयं आफू यो संसद्को अंग हो कि होइन ? मलाई थाहा पाएको छैन । उहाँ भिन्दै साम्राज्यको कहीँको टापुको सम्राट हो कि यो संसद्को पनि अभिन्न अंग हो ?”

      केसीले विगतका बेथितिबाट मात्रै सुधार सम्भव नहुने भन्दै स्पष्ट अवधारणा र कार्यगत योजनासहित अघि बढ्नुपर्ने धारणा पनि राखे ।

       पात्रो/राशिफल  रेडियो YouTube