आज सुनको मूल्य घट्दा चाँदीको बढ्यो

BusinessPati बिजनेस पाटी
|
२०८३ जेष्ठ ८
|
1.3k views

ललितपुर - नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको हो ।

महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि हिजो सुन प्रतितोला २ लाख ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५१ हजार ८०० रुपैयाँ कायम गरिएको छ । बिहीबार भने २ लाख ५१ हजार ८८५ रुपैयाँ रहेको थियो ।

      आज चाँदीको मूल्य भने वृद्धि भएको छ । हिजो प्रतितोला ५ हजार ५० रुपैयाँमा कारोबार भएको चाँदी आज ६५ रुपैयाँले बढेर ५ हजार ११५ रुपैयाँ पुगेको छ । महासंघले आज १० ग्राम चाँदीको मूल्य ४ हजार ३८५ रुपैयाँ तोकेको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube