प्रतिनिधिसभा बैठक स्थगन

BusinessPati बिजनेस पाटी
|
२०८३ जेष्ठ १२
|
204 views

ललितपुर - प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थिति र जवाफको माग गर्दै विपक्षी दलहरूले अवरोध जारी राखेपछि नियमित कार्यसूची प्रभावित भएको छ ।

सभाको आजको बैठकमा आकस्मिक, शून्य र विशेष समयपश्चात प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायत विपक्षी दलका सदस्यले आफ्नो आसनबाट उठेर विरोध सुरु गरेपछि सभामुख डोलप्रसाद अर्यालले ती दलका प्रतिनिधिलाई बोल्न दिएर नियमित कार्यसूची अघि बढाउनुभएको थियो ।

      बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले प्रस्तुत गर्नुभएको ‘पर्यटन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा सांसद अशोकुमार चौधरी, सुशील खड्का र जगदीश खरेलले भाग लिइरहँदासमेत विपक्षी दलको विरोध कायमै रह्यो ।

      लगातार विरोध भएपछि सभामुख अर्यालले बैठक आजै १५ मिनेटका लागि स्थगन गर्नुभयो ।

       पात्रो/राशिफल  रेडियो YouTube