भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो

BusinessPati बिजनेस पाटी
|
२०८३ जेष्ठ २२
|
255 views

ललितपुर - चितवन कारागारका ५० जना कैदी भाइरल ज्वरोबाट पीडित भएका छन् ।

जिल्ला कारागारका प्रमुख रवीन्द्र ढुङ्गानाका अनुसार हालसम्म ५० जना कैदीमा यो समस्या देखिएको हो । उहाँले भन्नुभयो, ‘दैनिक पाँचदेखि सात जनामा भाइरल ज्वरोबाट पीडित भएका छन् । समस्या दैनिकरुपमा बढको छ ।’

      हाल कारागारमा ७१२ जना कैदी छन् । यसको क्षमता ६०० हो । यहाँ ५० जना महिला र ५५० जना पुरुषलाई राख्नसक्ने व्यवस्था भए पनि क्षमताभन्दा बढी बन्दीलाई राखिएको छ ।

      भाइरल ज्वरोबाट पीडित भएकाहरुलाई छुट्टै कोठामा राखेर उपचार गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय र भरतपुर महानगरपालिकाको सहयोगमा औषधि व्यवस्थापन गरिएको प्रमुख ढुङ्गानाले बताउनुभयो ।

       पात्रो/राशिफल  रेडियो YouTube