
ललितपुर -
तेस्रो नेपाल केएम सि मेयर कप पौडी च्याम्पियनसिप २०२६मा डिएभी स्कुलका विद्यार्थी शिवांशमान कायस्थले तीन विधामा तेस्रो स्थान हासिल गर्न सफल भएका छन् । उनले १५०० र ८०० फ्रीस्टाइल अनि २०० बटरफ्लाई तर्फ तेस्रो स्थान हासिल गरेका हुन ।
उनले पुलिस क्लवको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धामा भाग लिएका थिए । यस अघि पनि २ अगस्टमा काठमाडौंको मनमैजुस्थित टुसालमल्टि भेन्युमा सम्पन्न ४औँ विद्यालय स्तरीय पौडी प्रतियोगितामा उनले २०२५ मा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
विद्यालयको प्रतिनिधित्व गर्दै शिवांशले अन्डर–१२ बालक समूहअन्तर्गत ५० मिटर बटरफ्लाइ, ५० मिटर फ्रीस्टाइल र ५० मिटर ब्याकस्ट्रोक स्पर्धामा पनि प्रतिस्पर्धा गर्दै तीन वटै इभेन्टमा स्वर्ण पदक तथा प्रथम स्थान हासिल गरे।
त्यसै गरी उनले १०० मिटर फ्रीस्टाइल मिक्स रिलेमा पनि सहभागिता जनाएका थिए, जहाँ उनको टोलीले चौथो स्थान प्राप्त गरेको थियो ।
उनको उत्कृष्ट उपलब्धिको सम्मान स्वरूप विद्यालयले शिवांशलाई बधाई दिँदै सम्मान गरेको थियो । समग्रमा शिवांशले अन्तर–विद्यालय प्रतियोगितामा चौथो स्थान हासिल गर्न सफल भएका छन्।
उनी डिएभीका ग्रेड ८का विद्यार्थी हुन ।

बिजनेस पाटी