प्रतिनिधिसभा बैठक अपराह्न २ः०० बजेका लागि तोकियो

BusinessPati बिजनेस पाटी
|
२०८३ जेष्ठ २७
|
306 views

ललितपुर - प्रतिनिधिसभाको बैठक आजै अपराह्न २ः०० बजेका लागि तोकिएको छ ।

बिहान ११ः०० बजेका लागि निर्धारित बैठक दुई घण्टासम्म चल्न नसकेपछि बैठक बस्ने समय परिवर्तन भएको हो ।

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम (२) बमोजिम प्रतिनिधिसभाको बैठक अपराह्न २ः०० बजे बस्नेगरी निर्धारण गर्नुभएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा उल्लेख छ ।

       पात्रो/राशिफल  रेडियो YouTube