लागुऔषधसहित ३३ जना पक्राउ

BusinessPati बिजनेस पाटी
|
२०८३ जेष्ठ २९
|
459 views

ललितपुर - नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट लागुऔषधसहित ३३ जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौंबाट आठ, ललितपुरबाट छ, जुम्लाबाट चार, सुर्खेतबाट तीन, मोरङ, सिन्धुपाल्चोक, तनहुँ, रुपन्देही र बाँकेबाट दुई-दुई तथा सिरहा र कैलालीबाट एक÷एक जना पक्राउ परेका हुन् ।

      प्रहरीले उनीहरुबाट लागुऔषध खैरोहेरोइन र गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि डाइजेपाम, फेनारगन, बुप्रेनोर्फिन, प्रोमेथाजाइन, स्पास्मो र ट्रामाडोल बरामद गरेको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube