भुजुङ्ग हाईड्रोपावर लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न

BusinessPati बिजनेस पाटी
|
२०८३ जेष्ठ २९
|
204 views

ललितपुर -
भुजुङ्ग हाईड्रोपावर लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।


उक्त साधारण सभाबाट संस्थापक शेयरधनीको तर्फबाट माधव राज आचार्य, डा. हिमाल भट्टराई, श्री राजेश्वर
दुवाल, टंक प्रसाद सुवेदी तथा सन्तोष श्रेष्ठ निर्वाचित भएका छन् । त्यसैगरी सर्वसाधारण शेयरधनीको
तर्फबाट जेलिना श्रेष्ठ निर्वाचित निर्वाचित भएकी छन् भने साधारण सभाले स्वतन्त्र संचालकमा रीता
गौतमलाई मनोनयन गरिएको छ ।


      साधारण सभामा कम्पनीको वार्षिक प्रतिवेदन, आर्थिक विवरण, भावी योजना तथा विभिन्न प्रस्तावहरूमाथि
      छलफल गरी पारित गरिएको थियो । कार्यक्रममा शेयरधनीहरुबीच कम्पनीको भावी रणनीति तथा विकासका
      विषयमा सकारात्मक अन्तरक्रिया समेत भएको थियो ।

       पात्रो/राशिफल  रेडियो YouTube