सुस्ता समस्या कूटनीतिक माध्यमबाट समाधान गरौँ

BusinessPati बिजनेस पाटी
|
२०८३ असार १
|
357 views

ललितपुर - राष्ट्रियसभाका सदस्यहरुले आजको बैठकको आकस्मिक समयमा सुस्ता समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा सांसद पदम परियारले नेपाल–भारत सीमासम्बन्धी सबै समस्याको समाधान कूटनीतिक माध्यमबाट खोज्न आग्रह गर्नुभयो ।

सांसद रोशनी मेचेले सुस्ता क्षेत्रका स्थानीयले भोग्नुपरेको सास्तीबारे सरकारको ध्यानाकर्षण गराउँदै कूटनीतिक माध्यमबाट समस्याको दीर्घकालीन निकास खोज्नुपर्नेमा जोड दिनुभयो ।

बैठकमा सांसदहरु जयन्तीदेवी राईलगायतले इलाम, पाँचथर, झापामा उत्पादित चिया भारत निर्यातमा समस्या उत्पन्न भएपछि उद्योगहरू बन्द हुने अवस्था सिर्जना भएकाले त्यसतर्फ ध्यान दिन सदन र सरकारलाई अनुरोध गर्नुभयो ।

उहाँहरुले भन्नुभयो, ‘भारतसँगको व्यापार सम्बन्धका विषयमा गम्भीर बहस हुनुपर्छ । किसानले उत्पादन गरेको चियाको बजार सुनिश्चित गर्न सरकारले वैकल्पिक व्यवस्था खोज्नुपर्छ ।’

       पात्रो/राशिफल  रेडियो YouTube