|
|
२०८३ असार ४
510 views
ललितपुर - नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार २०० रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन अर्थात् बुधबार सुन प्रतितोला २ लाख ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस आधारमा आज सुनको मूल्यमा अघिल्लो दिनको तुलनामा प्रतितोला १०० रुपैयाँले मात्र कमी आएको छ । महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ५४ हजार ८०० रुपैयाँ तोकिएको छ ।
सुनसँगै आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला ४ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो यस्तै, १० ग्राम चाँदीको मूल्य आज ४ हजार २४० रुपैयाँ कायम गरिएको छ ।

बिजनेस पाटी