एभरेष्ट कलरको आइपिओ बाँडफाँट सम्पन्न, ६५ हजार ५७० जनाले पाए १० कित्ता सेयर

BusinessPati बिजनेस पाटी
|
२०८३ असार ४
|
306 views

ललितपुर - एभरेष्ट कलर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) बाँडफाँट असार ४ गते, बिहीबार सम्पन्न भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल को कार्यालयमा गोलाप्रथा प्रक्रियामार्फत आइपिओ बाँडफाँट गरिएको हो ।

कम्पनीले गत जेठ २२ गतेदेखि २७ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता रु. १०० अंकित मूल्यका कुल ६ लाख ५५ हजार ७०० कित्ता सेयर निष्काशन गरेको थियो, जसको कुल मूल्य रु. ६ करोड ५५ लाख ७० हजार बराबर रहेको थियो ।

      सो अवधिमा आइपिओमा अत्यधिक माग देखिएको थियो । कुल २६ लाख ८७ हजार ४२१ जनाले आवेदन दिएका थिए, जसबाट २ करोड ८८ लाख ३३ हजार ७२० कित्ता सेयरका लागि माग परेको थियो ।

      त्यसमध्ये २६ लाख ४१ हजार ९५९ आवेदन स्वीकृत भएको र बाँकी आवेदन रद्द भएको कम्पनीले जनाएको छ ।

      मागभन्दा धेरै आवेदन परेपछि गोलाप्रथा प्रक्रियामार्फत सेयर बाँडफाँट गरिएको हो। परिणामस्वरूप ६५ हजार ५७० जना लगानीकर्ताले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् ।

       पात्रो/राशिफल  रेडियो YouTube