फिफा विश्वकप २०२६ प्रसारणमा नेपाल लाइफ सह-प्रायोजक

BusinessPati बिजनेस पाटी
|
२०८३ असार ५
|
306 views

ललितपुर - नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड फिफा विश्वकप २०२६ को नेपालमा हुने आधिकारिक प्रसारणका लागि हिमालय स्पोर्ट्ससँग सह-प्रायोजकको रूपमा आबद्ध भएको छ ।

कम्पनीका अनुसार यस सहकार्यअन्तर्गत फिफा विश्वकप २०२६ को प्रसारण हिमालय स्पोर्ट्स टिभी तथा DIGO एपमार्फत हुने क्रममा नेपाल लाइफ सह-प्रायोजकका रूपमा सहभागी रहनेछ ।

      नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले विश्वकै सर्वाधिक लोकप्रिय खेल प्रतियोगितासँग सहकार्य गर्न पाउँदा कम्पनी गौरवान्वित भएको बताउनुभयो । उहाँले फिफा विश्वकपले खेलकुदमार्फत विश्वभरका मानिसलाई एकताबद्ध गर्ने उल्लेख गर्दै यस सहकार्यले नेपाली दर्शकलाई विश्वकपको उत्साह अझ नजिकबाट अनुभव गराउनुका साथै नेपाल लाइफको ब्रान्डलाई खेलप्रेमीमाझ थप सशक्त रूपमा स्थापित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

      नेपाल लाइफले खेलकुदसँगको सहकार्यले ब्रान्ड प्रवर्द्धनसँगै नेपाली दर्शकमाझ विश्वकपको उत्साहलाई थप सशक्त बनाउने अपेक्षा गरेको जनाएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube