
ललितपुर - तेस्रो बागमती प्रदेश खेलकुद च्याम्पियनसिप 2083 अन्तर्गत आयोजित स्विमिङ प्रतियोगितामा शिवांशमान कायस्थले उत्कृष्ट प्रदर्शन गर्दै ३ वटा रजत पदक जित्न सफल भएका छन् ।
शिवांशमान कायस्थ D.A.V. School का कक्षा ८ का विद्यार्थी हुन् । उनले १५००मिटर फ्रीस्टाइल, २०० मिटर बटरफ्लाई स्ट्रोक, तथा ४×२०० मिटर फ्रीस्टाइल पुरुषतर्फ रिले विधामा रजत पदक जितेका हुन् । उक्त पदक उनले तेस्रो बागमती प्रदेश खेलकुद च्याम्पियनसिप २०८३ अन्तर्गत अषाढ ७ र ८ गते सातदोबाटो इन्डोर स्विमिङ कम्प्लेक्स मा सम्पन्न प्रतियोगितामा ललितपुर टिमको प्रतिनिधित्व गर्दै जितेका हुन् ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शनका आधारमा उनलाई रु. १४,३०० नगद पुरस्कार समेत प्रदान गरिएको छ । साथै, समग्र टोलीगत प्रतिस्पर्धामा ललितपुर ग्रुप दोस्रो स्थान हासिल गर्न सफल भएको छ ।
कम उमेरमै अनुशासन, मेहनत र निरन्तर अभ्यासमार्फत उत्कृष्ट क्षमता प्रदर्शन गरेका शिवांशमान कायस्थ भविष्यमा नेपालको एक सक्षम राष्ट्रिय खेलाडी बन्न सक्ने सम्भावना देखिएको छ । खेलप्रतिको समर्पण र लगनशीलताले उनले आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देशको नाम अझ उच्च बनाउने विश्वास गरिएको छ ।

बिजनेस पाटी