सुनचाँदी दुवैको मूल्य घट्यो

BusinessPati बिजनेस पाटी
|
२०८३ असार ११
|
3k views

ललितपुर - स्थानीय बजारमा आज सुनचाँदी दुवैको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य तोलामा रु पाँच हजार २०० र चाँदी २५० ले घटेको हो । आजका लागि सुनको मूल्य प्रतितोला रु दुई लाख ७८ हजार ३०० र चाँदी चार हजार २३५ निर्धारण भएको छ ।

      बुधबार एक तोला सुनको मोल रु दुई लाख ८३ हजार ५०० मा कारोबार भएको थियो । एक तोला चाँदीको मूल्य रु चार हजार ४८५ मा कारोबार भएको थियो । मंगलबार एक तोला सुन रु दुई लाख ८७ हजार १०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ५९० मा खरिद बिक्री भएको थियो ।

      अन्तराष्ट्रिय बजारमा सुन प्रतिऔंश तीन हजार ९९९ अमेरिकी डलरमा खरिद बिक्री भइरहेको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube