
ललितपुर - नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज सुनको मूल्य प्रतितोला १४०० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार ४०० रुपैयाँ कायम गरिएको छ ।
यसअघि अघिल्लो दिन अर्थात् असार १४ गते सुन प्रतितोला २ लाख ८३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज प्रति १० ग्राम सुनको मूल्य २ लाख ४२ हजार ११० रुपैयाँ तोकिएको छ ।
सुनसँगै चाँदीको मूल्यमा पनि आज सामान्य गिरावट देखिएको छ । महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेर ४ हजार ३१० रुपैयाँ कायम भएको छ। हिजो आइतबार चाँदी प्रतितोला ४ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज प्रति १० ग्राम चाँदीको मूल्य ३ हजार ६९५ रुपैयाँ रहेको छ । अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिएको महासंघले जनाएको छ।

बिजनेस पाटी