
ललितपुर - प्रभु बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन केन्द्रीय विभागलाई डिजिटल बोर्ड हस्तान्तरण गरेको छ।
बैंकले शिक्षामा प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले डिजिटल बोर्ड उपलब्ध गराएको जनाएको छ। बैंकका अनुसार यस सहयोगले डिजिटल शिक्षण–सिकाइ प्रक्रियालाई थप प्रभावकारी, अन्तरक्रियात्मक तथा प्रविधिमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
डिजिटल बोर्ड हस्तान्तरण कार्यक्रममा प्रभु बैंकका प्रमुख बजार व्यवस्थापक दिपेन्द्र बाबु बिष्ट, मार्केटिङ म्यानेजर सबिन राणा तथा त्रिभुवन विश्वविद्यालयका व्यवस्थापन केन्द्रीय विभागका प्रमुख प्रोफेसर भवानी शंकर आचार्य, डा. सुनिता भण्डारीलगायत अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
प्रभु बैंकले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य तथा सामुदायिक विकासका क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
हाल प्रभु बैंकले देशभर ३०० शाखा कार्यालय, २६५ एटीएम र ६६ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ तथा वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ। बैंकले ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने नारासहित आफ्ना सेवा विस्तार गरिरहेको छ।

बिजनेस पाटी