सिटिजन्स बैंकका ग्राहकलाई जय नेपाल सिनेमाजमा टिकट खरिदमा १० प्रतिशतसम्म छुट

BusinessPati बिजनेस पाटी
|
२०८३ असार १६
|
204 views

ललितपुर -

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जय नेपाल सिनेमाजबीच बैंकका ग्राहकलाई चलचित्रको टिकट खरिदमा विशेष छुट उपलब्ध गराउने समझदारी भएको छ।

    मंगलबार सम्पन्न समझदारीपत्रमा हस्ताक्षर भएसँगै सिटिजन्स बैंकका कार्डबाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले जय नेपाल सिनेमाजमा चलचित्रको टिकट खरिद गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।

      बैंकका अनुसार यस सहकार्यले ग्राहकलाई प्रत्यक्ष लाभ पुग्नुका साथै नगद कारोबारको सट्टा डिजिटल भुक्तानीको प्रयोगलाई थप प्रोत्साहन गर्ने विश्वास लिइएको छ। बैंकले डिजिटल बैंकिङ सेवाको प्रयोग बढाउन तथा ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहित गर्न समय–समयमा विभिन्न ग्राहकमैत्री सुविधा सञ्चालन गर्दै आएको जनाएको छ। छुटसम्बन्धी विस्तृत जानकारी बैंकको वेबसाइटमार्फत उपलब्ध हुने जनाइएको छ।

      सिटिजन्स बैंकले हालै विश्वकै प्रतिष्ठित ‘बैंक अफ द इयर २०२४’ र ‘बैंक अफ द इयर २०२५’ अवार्ड प्राप्त गरेको उल्लेख गर्दै डिजिटल बैंकिङ क्षेत्रमा विभिन्न नवीन सेवा सञ्चालन गरिरहेको जनाएको छ। बैंकले फोनपेसँगको सहकार्यमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड, ‘सिटिजन्स जेन–जी सेभिङ्स अकाउन्ट’, ‘सिटिजन्स डिजी बैंक सेवा’ तथा फ्रिलान्सरलाई लक्षित ‘फ्रिलान्सर सेभिङ्स अकाउन्ट’ सञ्चालनमा ल्याइसकेको छ।

      यसका साथै मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र सीआरएन नम्बर सेवा तथा क्रस बैंक टेलर सुविधा समेत सञ्चालनमा रहेको बैंकले जनाएको छ।

      हाल सिटिजन्स बैंकले देशका ६१ जिल्लामा रहेका २०० शाखा, १६९ एटीएम, तीन विस्तारित काउन्टर तथा ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ३९ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

       पात्रो/राशिफल  रेडियो YouTube