घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

BusinessPati बिजनेस पाटी
|
२०८३ असार २२
|
2.9k views

ललितपुर - नेपाली बजारमा आज सोमबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेको हो ।

महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८९ हजार ४०० रुपैयाँ कायम भएको छ । यसअघि हिजो आइतबार सुन प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

      त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ४८ हजार ११५ रुपैयाँ कायम भएको छ । सुनसँगै आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट देखिएको छ। महासंघका अनुसार चाँदी आज प्रतितोला २० रुपैयाँले घटेर ४ हजार ५८५ रुपैयाँमा झरेको छ ।

      हिजो आइतबार चाँदी प्रतितोला ४ हजार ६०५ रुपैयाँमा कारोबार भएको थियो। आज १० ग्राम चाँदीको मूल्य ३ हजार ९३० रुपैयाँ ५० पैसा तोकिएको छ ।

      अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यमा उतारचढावका आधारमा महासंघले नेपाली बजारमा दैनिक कारोबार मूल्य निर्धारण गर्दै आएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube