नेप्से दोहोरो अंकले बढ्यो, ४ अर्ब ४० करोडको कारोबार

BusinessPati बिजनेस पाटी
|
२०८३ असार २३
|
204 views

ललितपुर - साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेकै दिन सेयर बजारमा उत्साह देखिएको छ । नेप्से परिसूचक दोहोरो अंकले बढ्दै कारोबार बन्द भएको छ ।

आज नेप्से परिसूचक २४.५७ अंकले बढेर २,६५१.६८ विन्दुमा पुगेको छ । कारोबारमा सहभागी ३५२ कम्पनीमध्ये २१० कम्पनीको सेयर मूल्य बढ्दा ५७ कम्पनीको मूल्य घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रहेको छ ।

      त्यस्तै, सेन्सेटिभ इन्डेक्स ४.३३ अंकले बढेर ४६०.६१ विन्दुमा पुगेको छ । आज १३ वटै उपसूचक हरियाली देखिएका छन्, जसले बजारमा व्यापक खरिद चाप रहेको संकेत गरेको छ ।

      कारोबार रकम पनि उल्लेखनीय रह्यो । आज ३५२ कम्पनीका ९५ लाख १९ हजार ४५२ कित्ता सेयर ७२ हजार २२ पटक खरिद–बिक्री हुँदा कुल ४ अर्ब ४० करोड ७ लाख ५२ हजार ५४२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

      आजको कारोबारमा एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube