|
|
२०८३ असार २६
2.2k views

ललितपुर - स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । हिजो बिहीबारको तुलनामा सुन तोलामा दुई हजार ७०० र चाँदी १७० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुुन प्रतितोला दुई लाख ८७ हजार ४०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ५१० कायम भएको छ ।
हिजो छापावाल सुुन प्रतितोला दुई लाख ८४ हजार ७०० र त्यति नै परिमाणको चाँदी चार हजार ३४० मा कारोबार भएको थियो । गत बुधबार एक तोला छापावाल सुन दुई लाख ८७ हजार १०० र चाँदी चार हजार ५०० मा खरिदबिक्री भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १२० र चाँदी ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

बिजनेस पाटी