गोल्डेन बुटको दौड कसले जित्ला ? विश्वकप २०२६ को शुक्रवार सम्मको समीक्षा

BusinessPati बिजनेस पाटी
|
२०८३ असार २७
|
714 views

ललितपुर -

फिफा विश्वकप २०२६ अन्तिम चरणमा प्रवेश गर्दै गर्दा उपाधिको प्रतिस्पर्धासँगै सर्वाधिक गोलकर्तालाई प्रदान गरिने प्रतिष्ठित ‘गोल्डेन बुट’ पुरस्कारको दौड पनि झन् रोमाञ्चक बनेको छ। हिजोसम्म सम्पन्न खेलहरूको आधारमा केही खेलाडीहरू स्पष्ट रूपमा अग्रपङ्क्तिमा देखिएका छन्।

    फ्रान्सका कप्तान किलियन एमबाप्पे लगातार उत्कृष्ट लयमा छन्। क्वार्टरफाइनलमा मोरक्कोविरुद्ध गोल गर्दै उनले फ्रान्सलाई सेमिफाइनलमा पुर्‍याएका छन्। टोली निरन्तर अगाडि बढिरहेको र उनी नियमित रूपमा गोल गरिरहेका कारण गोल्डेन बुट जित्ने सम्भावना सबैभन्दा बलियो देखिएको छ।

    अर्जेन्टिनाका लियोनल मेस्सी पनि उत्कृष्ट प्रदर्शनमा छन्। समूह चरणदेखि नकआउटसम्म निर्णायक गोल र असिस्ट गर्दै उनले अर्जेन्टिनाको यात्रालाई मजबुत बनाएका छन्। गोल संख्या मात्र होइन, असिस्ट पनि गोल्डेन बुटको टाइब्रेकर हुने भएकाले मेस्सी अझै पनि बलियो दाबेदारका रूपमा रहेका छन्।

    यता नर्वेका एर्लिङ हालान्ड ले पनि लगातार गोल गर्दै प्रतिस्पर्धालाई त्रिकोणात्मक बनाएका छन्। केही खेलअघि उनी शीर्ष गोलकर्ताको बराबरीमा पुगेका थिए र बाँकी खेलहरूमा उनको प्रदर्शनले अन्तिम नतिजा बदल्न सक्छ।

    शुक्रवार सम्ममा ,फ्रान्स सेमिफाइनलमा प्रवेश गर्दै उपाधिको प्रमुख दाबेदार बनेको छ। अर्जेन्टिनाले अनुभवी मेस्सीको नेतृत्वमा उत्कृष्ट प्रदर्शन जारी राखेको छ। स्पेनले सन्तुलित टोली प्रदर्शनमार्फत उपाधि होड कायम राखेको छ। नकआउट चरणमा धेरै खेल अतिरिक्त समय र कडा प्रतिस्पर्धापूर्ण बनेका छन्। गोल्डेन बुटको दौडमा एमबाप्पे, मेस्सी र हालान्डबीच कडा प्रतिस्पर्धा देखिएको छ।
    गोल्डेन बुट कसले जित्ने सम्भावना बढी ?

    हालसम्मको प्रदर्शन, बाँकी खेलको संख्या, टोलीको सेमिफाइनल यात्रा र निरन्तर गोल गर्ने क्षमताका आधारमा किलियन एमबाप्पे गोल्डेन बुट जित्ने सबैभन्दा बलिया दाबेदार देखिएका छन्। यद्यपि मेस्सी र हालान्ड गोल अन्तर निकै कम भएकाले सेमिफाइनल तथा सम्भावित फाइनलका प्रदर्शनले अन्तिम निर्णय गर्नेछ।

    विश्वकप अन्तिम चरणमा पुगेसँगै अब प्रत्येक गोलको मूल्य बढेको छ। त्यसैले गोल्डेन बुटको विजेता अन्तिम खेलसम्म कुर्नुपर्ने देखिन्छ। एम्बाप्पे र मेस्सी समान ८–८ गोल सहित संयुक्त रूपमा शीर्ष स्थानमा छन् भने हालान्ड ७ गोल सहित एक गोलले पछाडि छन्।

    खेलको टप १० बरियता वरियताक्रममा

    खेलाडी राष्ट्र गोल असिस्ट खेलेका खेल
    १- लियोनल मेस्सी अर्जेन्टिना ८ २ ६

      २- किलियन एम्बाप्पे फ्रान्स ८ २ ६


      ३- एर्लिङ हालान्ड नर्वे ७ ० ६


      ४- ह्यारी केन इंग्ल्यान्ड


      ५-उस्मान डेम्बेले फ्रान्स


      ६-मिकेल ओयार्जाबाल स्पेन


      ७-लामिन यामाल स्पेन

      ८ -माइकल ओलिसे फ्रान्स


      ९- जुलियन आल्भारेज अर्जेन्टिना


      १० -रान्डाल कोलो मुआनी फ्रान्स

       पात्रो/राशिफल  रेडियो YouTube